उजुरीको आधारमा उल्लेखित ५६ लाख ५८ हजार ९७३ रुपैँया बचत फिर्ताको माग गर्दै सहकारी महाशाखामा बचतकर्ताहरूले उजुरी दिएका थिए।
यस्तै, बनेपामा रहेको मुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको फाइल पनि सीआईबीमा पठाइएको छ। सुमन सुब्बा सञ्चालन समितिको अध्यक्ष रहेको यस सहकारीमा ३५ जनाले बचत फिर्ताको माग गर्दै उजुरी दिएका थिए।
३५ जना बचतकर्ताले कुल १ करोड ४६ लाख ८ हजार ९९१ रुपैंया उजुरीको आधारमा बचत फिर्ताको माग गरेका थिए। सहकारी संस्थामा रहेको बचत तथा निक्षेप फिर्ता सम्बन्धमा परेको उजुरीको विषयमा सहकारी संचालकहरूले व्यवास्ता गर्दै छलफलमा समेत नआएको कारण यी सहकारीको फाइल थप अनुसन्धान गर्न सीआईबीमा पठाइएको सहकारी महाशाखाका कानुन अधिकृत मनोज गुप्ताले जानकारी दिए।
उनका अनुसार ललितपुरमा रहेको डिलाइट बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको फाइल पनि सीआईबीमा पठाइएको छ। १ करोड ८३ लाख ४३ अजार ३२८ रुपैँया बचत फिर्ताको माग गर्दै सहकारी महशाखामा विभिन्न मितिमा ४६ जनाले उजुरी दर्ता गराएका थिए। तर संचालक समितिहरू सहकारी महाशाखासँग कुनै समन्वय नै गर्न नआएपछि यस सहकारीको फाइल सीआईबीमा पठाइएको हो।
यता, ४७ जना बचतकर्ताहरूले आफ्नो बचत रकम १ करोड १ लाख १७ हजार १७५ रुपैंया फिर्ताको माग गर्दै विभिन्न मितिमा सहकारी महाशाखामा उजुरी दिएका थिए।
डम्बरध्वज सुब्बा अध्यक्ष रहेकोमा लामो समयसम्म पनि सहकारी संचालकहरू सम्पर्कमा नआएपछि भक्तपुरमा रहेको नवजीवन बहुउद्देश्यीय सहकारी संस्थाको फाइल सीआईबीमा पठाइएको छ।
यस्तै, काठमाडौँमा रहेको फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको फाइल पनि सीआईबीमा पठाइएको छ। १ करोड ५० लाख रुपैंया बचतफिर्ताको माग गर्दै दुईजना बचतकर्ताहरूले सहकारी महाशाखामा उजुरी दिएका थिए।
प्रकाशचन्द्र न्यौपाने अध्यक्ष रहेको यस सहकारी पनि महाशाखाको सम्पर्कमा नआएपछि छानबिनका लागि फाइल पठाइएको हो।
ललितपुरको कुमारीपाटीमा रहेको ललितपुर सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पनि छानबिनका लागि फाइल सीआईबीमा पठाइएको छ। कृष्ण महर्जन अध्यक्ष रहेको यस सहकारीविरुद्ध उजुरीमा माग दाबी भएको रकम २ करोड २७ लाख ९६ हजार २२ रुपैंया छ। यस सहकारीमा उक्त परिमाणको बचत रकम फिर्ताको माग गर्दै ४८ जनाले विभिन्न मितिमा उजुरी दिएका थिए।
यस्तै, भक्तपुरमा रहेको पशुपती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको फाइल पनि सीआईबीमा पठाइएको छ। सीबी लामा अध्यक्ष रहेको यस सहकारीमा बचत फिर्ताको माग गर्दै बचतकर्ताहरूले विभिन्न मितिमा उजुरी दिएका थिए।
प्रदेश सहकारी ऐन २०७६ को दफा २० मा सहकारीको मूल्य मान्यता सिद्धान्त पालना गर्नुपर्ने व्यवस्था छ। तर यी सहकारी संस्थाहरूले कुनै पनि नियम पालना नगरेको कारण सहकारी महाशाखाले कुनै पनि छलफल तथा बचत फिर्ताको लागि पत्राचार गरिहरन नपर्ने देखिएपछि यस्ता सहकारीहरूको फाइल सीआईबीमा पठाइएको सहकारी महाशाखा, हेटौंडाका कानुन अधिकृत गुप्ताले जानकारी दिए।