सहारा चितवन सहकारी ठगीको अभियोगमा थुनछेक बहस गर्न तीन जिल्लाबाट सरकारी वकिल झिकाइएको छ। बिहीबार रविविरुद्ध थुनछेक बहस गर्न बारा, पर्सा र धादिङबाट सरकारी वकिल पठाइएका हुन्।
यसअघि जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख रवि न्यौपानेसहित तीन जना र जाहेरवालाका तर्फबाट एक जनाले बहस गरेका थिए।
बिहीबार बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका भोलानाथ निरौला र धादिङका दशरथ पंगेनीले बहस गर्नेछन्।
उनीहरूको बहस सकिएपछि रवि पक्षको बहस सुरु हुने जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।
बुधबार थुनछेक बहस नसकिएपछि हिरासतमा पठाइएका रवि लामिछानेलाई १० बजे नै प्रहरीले अदालतमा उपस्थित गराइसकेको छ।