तनहुँ जलविद्युत् आयोजनाको क्रममा प्रभावित १०१ परिवारलाई क्षतिपूर्ति

 संवाददाता    २०८१, १८ माघ शुक्रबार १०:३०     43 जनाले पढ़िसके



Spread the love

तनहुँको ऋषिङ गाउँपालिका- १ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका १०१ परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ।

आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका-१ का ९८ र व्यास नगरपालिका-५ बेतेनका क्षेत्रका २० गरी ११८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा १०१ परिवारलाई रकम प्रदान गरिएको हो। क्षतिपूर्ति रकम अधिकतम तीन लाख र न्यूनतम १० हजार रुपैयाँ प्रदान गरिएको उनले बताए।

आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ। बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको छ।

‘बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा ड्रिलिङ, कङ्क्रिटिङको काम जारी छ’, आयोजनाप्रमुख भण्डारीले भने। रासस