काठमाडौं । जिल्ला अदालत कास्कीको आदेश विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।
जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै लामिछानेले सोमबार काुनन व्यवसायीसहित उच्च अदालत पोखरामा निवेदन दिएका हुन् ।
अदालतले गत पौष २५ गते थुनछेक सम्बन्धी सुनुवाईको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी लामिछानेले निवेदन दर्ता गराएका हुन् ।
कास्की जिल्ला अदालतका न्यायाधीस नितिज राईको इजलासले लामिछोनलाई ६५ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो ।
लामिछानेलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्नुपर्ने माग सहित सरकारी वकिलको कार्यालयले यस अघिनै उच्च अदालत पोखरामा निवेदन दर्ता गराइसकेको छ ।
सरकारी वकिलको निवेदन पछि उच्च अदालत कास्कीका न्यायाधीश राजकुमार खतिवडाले धरौटीमा छाड्नुका कारण प्रतिवेदन झिकाउने आदेश गरिसकेका छन् ।
लामिछानेको निवेदन दर्ता भएपछि सरकारी वकिलसहितको निवेदनमा सँगै राखि मुद्दा अघि बढ्ने छ ।