काठमाडाैं । गायक बद्रीप्रसाद सिटौलाको नयाँ लाेकदाेहाेरी गीत बजारमा आएको छ। ‘कि त मार मायामा बैना’ बाेलकाे गीतमा गायक सिटाैला र पार्वती कार्कीकाे स्वर सुन्न पाइनेछ । गीतकाे एरेन्ज तथा संगित सुफिक्स मदनले गरेका छन् ।
गीतमा शब्द राजकुमार खनालकाे रहेकाे छ । गीतकाे भिडियाेमा आर्यन विरही र गीता बुढाथाेकीले अभिनय गरेका छन् । निर्देशन बद्रीप्रसाद सिटाैला र छायांकन तथा सम्पादन साजन पराजुलीले गरेकाे गीतलाई बद्री लाेकमालाले बजारमा ल्याएकाे हाे ।
गीतकाे भिडियाे हेर्नुहोस।