पछिल्ला महिनाहरूमा नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ।
२०८१ साउन महिनादेखि यता करिब एक खर्ब (९८ अर्ब ७९ करोड) रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ। आयातको अनुपातमा निकै कम निर्यात हुने गरेपनि पछिल्लो तीन महिनादेखि निर्यातमा उच्च वृद्धि छ।
करिब साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार कम हुँदै गएकोमा पछिल्ला तीन महिनामा उल्लेखनीय बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
हालसम्म नेपालले गरेको अन्तर्राष्ट्रिय व्यापारमा वार्षिक दुई खर्ब रूपैयाँसम्म निर्यात पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ मा भएको दुई खर्ब तीन करोड रूपैयाँ नै अहिलेसम्मको उच्च निर्यात हो।
पछिल्लो तीन महिनाको रफ्तारले यो वर्ष हालसम्मकै उच्च निर्यात हुने आकलन गरिएको छ।
गत साउनदेखि असोजमहिनासम्म जम्मा ३८ अर्ब ३७ करोड रूपैयाँको निर्यात भएको थियो। अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.११ प्रतिशतले कम निर्यात थियो। कात्तिक, मंसिर र पुस महिनामा ६० अर्ब ४२ करोड रूपैयाँको वस्तु निर्यात भएको छ।पुस महिनामा मात्रै २५ अर्ब ३० करोड रूपैयाँको निर्यात भएको छ। यो महिनागत निर्यातमा अहिलेसम्मकै धेरै हो।
यस्ता छन् ६ महिनामा सबैभन्दा धेरै निर्यात हुने १० वस्तु
| निर्यात भएको वस्तु | निर्यात परिमाण | निर्यात मूल्य | परिमाणको आधारमा वृद्धिदर (प्रतिशतमा) | मूल्यको आधारमा वृद्धिदर (प्रतिशतमा) |
| भटमासको तेल प्रशोधित | नौ करोड नौ लाख लिटर | १८ अर्ब ९१ करोड रूपैयाँ | ४५९० | ४५५५ |
| सेन्थेटिक यार्न | दुई करोड ६५ लाख किलो | ६ अर्ब ८६ करोड रूपैयाँ | १३ | २० |
| उनी गलैंचा कार्पेट | दुई लाख ७१ हजार स्क्वायर मिटर | ५ अर्ब ६१ करोड रूपैयाँ | २७ | ७ |
| सूर्यमुखीको प्रशोधित तेल | दुई करोड १२ लाख लिटर | चार अर्ब ९८ करोड रूपैयाँ | २५६३ | ३२५२ |
| अलैची | २६ लाख ७४ हजार किलो | चार अर्ब ५६ करोड रूपैयाँ | -७ | १७ |
| तयारी कपडा | ७९ लाख आठ हजार पिस | चार अर्ब ३८ करोड रूपैयाँ | ९ | -६ |
| प्लाइउड | ६ करोड ४८ लाख किलो | चार अर्ब २५ करोड रूपैयाँ | १४ | २० |
| फलामे पाता | तीन करोड ५० लाख किलो | चार अर्ब ७ करोड रूपैयाँ | -२४ | -३४ |
| फलफूलको जुस | तीन करोड ५६ लाख लिटर | तीन अर्ब ४५ करोड रूपैयाँ | -१० | -९ |
| चिया | एक करोड १३ लाख किलो | तीन अर्ब १६ करोड रूपैयाँ |