पुस महिनामा प्राधिकरणले काट्यो १९ हजार ग्राहकको लाइन

 संवाददाता    २०८१, २ माघ बुधबार १५:५५     106 जनाले पढ़िसके



Spread the love

नेपाल विद्युत प्राधिकरणले गएको पुस महिनामा १९ हजार ग्राहकको लाइन काटेर झण्डै २३ करोड रुपैयाँ बक्यौता महसुल उठाएको छ।

प्राधिकरणको तथ्यांक अनुसार, महिनाभरिमा १९ हजार २३२ ग्राहकको लाइन काटिएको थियो। तीमध्ये १४ हजार १११ ग्राहकले बक्यौता तिरेर लाइन जोड्न लगाएका छन्।

यस महिनामा बक्यौता रकम २२ करोड ८४ लाख ५९ हजार ६ सय ९४ रुपैयाँ असुल भएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय, अर्थ महाशाखाको विवरणमा उल्लेख छ।