प्रधानमन्त्री ओलीद्वारा फ्रान्सेली ब्रान्डको पहिलो पाँचतारे होटलको उद्‌घाटन

 संवाददाता    २०८१, २ माघ बुधबार १५:२१     94 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सेली ब्रान्डको पहिलो पाँचतारे होटलको उद्‌घाटन गरेका छन्।

काठमाडौँको सुकेधारामा अवस्थित अन्तर्राष्ट्रिय ब्रान्डको मर्क्युर होटेलको प्रम ओलीले आज एक समारोहका बीच उद्घाटन गरेका हुन्।

मर्क्युरमा अन्तर्राष्ट्रिय रूपमा चर्चित कुजिनसँगै इटालियन र इन्डियन स्वादलाई चाख्न पाइनेछ।

एबी होल्डिङ्सअन्तर्गतको कम्पनी मेट्रोपोलिटियन होटलको व्यवस्थापन फ्रान्सको एकोर ग्रुपले लिएको छ। होटल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको एबी होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेत हुन्।

११ तलाको भवन रहेको यस होटलमा १०४ वटा कोठा छन्। जसमध्ये १०औँ र ११औँ तल्लामा जिम, स्टिम, साउनालगायत फिटनेसका लागि छुट्याइएको छ।