अब बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र भए पुग्ने

 संवाददाता    २०८१, २६ पुष शुक्रबार १२:४७     46 जनाले पढ़िसके



Spread the love

अब बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र भए पुग्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्रिय परिचय पत्रमा भएको विद्युतिय अभिलेखको विवरणका आधारमा खाता खोल्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचय पत्र वा सोको नम्बर यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउनु पर्ने छ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।

निर्देशनले सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थमा सम्बन्धित निकायले उपलब्ध गराएको विवरणका अधारामा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्ने व्यवस्था गरेको हो।

यस्तै बैंकहरुले अब ग्राहकको खाता खोल्दा उक्त व्यक्ति उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भए नभएको समेत एकिन गर्नुपर्ने छ।