सार्वजनिक लेखा समितिका सभापतिले हटाए स्वकीय सचिव

 संवाददाता    २०८१, १९ पुष शुक्रबार १२:१३     47 जनाले पढ़िसके



Spread the love

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध ठगी आरोपमा उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको छ।

योसँगै सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरिएको बताएका छन्।

अनुसन्धानमा सहयोग पुगोस् भनेर अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरिएको सभापति पोखरेलले विज्ञप्तिमार्फत जनाएका छन्।

एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिल २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिसमा परेका थिए।