नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले पद्मा मर्चेन्ट कम्पनीका सञ्चालक राजुप्रसाद कँडेललाई कम मूल्यमा स्थानीयको जग्गा उपलब्ध गराई २५ करोड रुपैयाँ फाइदा पुर्याएको आरोप छ।
बस्नेतले ४७ करोड रुपैयाँ पर्ने जग्गा १८ करोड रुपैयाँमा बिक्री गर्न लगाएका थिए, जसबापत आफ्ना र पत्नीको खातामा क्रमशः २ करोड १५ लाख र ६ करोड ८२ लाख रुपैयाँ घुस लिएको भनिएको छ।
अख्तियारले उनीविरुद्ध १३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरणको आरोपमा पनि मुद्दा चलाएको छ। राजुप्रसाद कँडेल र उनको कम्पनीमाथि पनि मुद्दा दायर गरिएको छ।