प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण खर्च ४ करोड २९ लाख

 संवाददाता    २०८१, ७ पुष आईतवार १२:३६     109 जनाले पढ़िसके



Spread the love

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घको ७९ महासभामा भाग लिन प्रधानमन्त्री ओलीको नेतृत्वमा अमेरिका भ्रमणमा गएको उच्चस्तरीय टोलीले राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार खर्च गरेको हुन् ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा गत असोज ४ देखी १४ गतेसम्म ३० सदस्यीय टोली अमेरिका भ्रमणमा भएको थियो ।ओली संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली गत असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क गएका थिए । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किएका थिए ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित महासभामा सहभागी भएको भ्रमण टोलीको खर्च थप बजेट निकासा मार्फत गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले नियमित हुने विदेश भ्रमणका लागी पर्याप्त बजेट नछुटाउँदा थप बजेट निकासा गर्दै भुक्तानी गर्नु परेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।