चितवन । गृहमन्त्री रमेश लेखकले देशको कानुनअनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहो¥याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उनले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताउँदै उनले ठग्नेहरुउपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कारबाही हुने बताए ।
फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताए । वर्तमान समीकरण २०८४ सालसम्म रहने उनको दाबी छ ।