तस्करीको सामान बिक्री गरेको आरोप लागेका कैलालीस्थित प्रहरी सहायक हवलदार विक्रम चन्द कारबाहीमा

 संवाददाता    २०८१, ३ पुष बुधबार १२:५२     50 जनाले पढ़िसके



Spread the love

कैलालीमा एक जना प्रहरी सहायक हवल्दार कारबाहीमा परेका छन्। तस्करीको सामान बिक्री गरेको आरोप लागेका कैलालीको धनगढीस्थित त्रिनगर प्रहरी चौकीका प्रहरी सहायक हवलदार विक्रम चन्द कारबाहीमा परेका हुन् ।

अछाममा दरबन्दी भै कैलालीको त्रिनगर प्रहरी चौकीमा सादा पोशाकमा खटिएका प्रहरी सहायक हवल्दार चन्दलाई कारबाही गरिएको र उनको काजफिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले चन्दले जानकारी दिए।

धनगढीमा नौमहिनादेखि तस्करीको सामान बिक्री गर्दै आएको आरोप लागेका चन्दबिरुद्ध जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराको नेतृत्वमा छानबिन टोली गठन गरिएको थियो। टोलीको प्रतिवेदनका आधारमा चन्दलाई कारबाही गरिएको हो।

उनीविरुद्ध भारतबाट तस्करी गरेर ल्याइएको सामान जफत गरेर चन्दले कबाड व्यापारीहरूलाई बिक्री गर्दै आएको आरोप लागेको छ। नेपाल–भारत सीमा क्षेत्रमा पर्ने त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवलदार चन्दले तस्करीको सामान बिक्री गर्दै आएको हुन्।

उनले तस्करीको सुर्ती लगायतका सामान कबाडीमार्फत बिक्री गर्ने र रकम लिने गरेका थिए। तत्कालीन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीको निर्देशनमा छानबिन टोली गठन गरिएको थियो।

एक भारतीय कवाड व्यापारीले ३० हजार मूल्यमा कवाडीको सामान खरिद गरेको र २७ हजार तिर्न बाँकी रहेपछि चन्दले कुटपिट गरेको गुनासो गरेपछि चन्दले तस्करीको सामान बिक्री गर्दै आएको खुलेको हो।