बुधबार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मुल्य घटाउने सहमति भएको छ । मन्त्रालयमा भएको छलफलमा मुल्य घटाउने सहमती भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो ।
छलफलपछि संचारकर्मीसँग बोल्दै अध्यक्ष सिंहले काठमाण्डौँ उपत्यकामा ओपीसी सिमेन्ट सात सय रुपैँयामा उपलब्ध गराउने सिमेन्ट व्यवसायीले प्रतिवद्धता गरेको बताउनुभयो । उहाँका अनुसार काठमाण्डौँ उपत्यकामा अब सय रुपियाँमा पीपीसी सिमेन्ट उपलब्ध हुनेछ ।आफुले सिमेन्ट उद्योगी धरासायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरि नबढाउन दिएको सिंहको भनाइ छ ।
सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने सिंहले विस्वास व्यक्त गर्नुभयो ।