गोरख राणा बने स्टान्डर्ड चाटर्ड बैंकको पहिलो नेपाली सीईओ

 संवाददाता    २०८१, २५ मंसिर मंगलवार ११:४०     118 जनाले पढ़िसके



Spread the love

स्टान्डर्ड चाटर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पहिलोपटक नेपाली नियुक्त भएका छन्।

सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले यसअघि डेपुटी सीईओ रहेका गोरख राणालाई बैंकको सीईओमा नियुक्त गरेको हो।

राणा चाटर्ड बैंकमा सीईओ बन्ने पहिलो नेपाली हुन्।

यसअघि बैंकको सीईओमा विदेशी बैंकर अनिर्भान घोष दस्तिदार थिए। उनको कार्यकाल सकिएपछि राणालाई सीईओमा नियुक्त गरिएको हो।

राणालाई जनवरी १ बाट लागू हुने गरी ४ वर्षे कार्यकालका लागि बै‌ंकको सीईओमा नियुक्त गरिएको हो।

बैकिङ करियर नै स्टान्डर्ड चार्टडबाट सुरु गरेका राणा सन् १९९६ देखि बैंकका विभिन्न विभाग सम्हाल्दै आएका थिए। पछिल्लो समय उनी बैंकको डेपुटी सीईओ थिए।

राणा स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहका ज्वाइँ अर्थात् वीरेन्द्रका छोरी श्रुती शाहका श्रीमान् हुन्।

राणाले अमेरिकाबाट एमबीए गरेका छन्।