काठमाडौं । मंगलबार पनिसेयर बजार को वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिन १२७ अंक बढेको बजारमा आज केही करेक्सनको अपेक्षा रहे पनि बजारले वृद्धिलाई निरन्तरता दिएको हो ।
नेप्से परिसूचक यस दिन ६.९४ अंक बढेर २८३० अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोडको भयो । कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो ।
यस दिन बीमा क्षेत्रमा आकर्षण देखियो । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ४.७८ प्रतिशत बढ्यो भने जीवन बीमा समूह २.२८ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, माइक्रोफाइनान्स ०.३६ प्रतिशत बढे ।
बैंकिङ ०.६७, फाइनान्स १.५७, हाइड्रोपावर ०.५०, लगानी ०.४४, उत्पादन ०.१४, अन्य ०.१८, ब्यापार ०.४१ प्रतिशत घटे ।