हमासले बन्धक बनाएका ६ जनाको गाजामा भेटियो शव

 संवाददाता    २०८१, १८ भाद्र मंगलवार ०८:४९     102 जनाले पढ़िसके



Spread the love

इजरायली सेनाले गाजाको रफाह सहरको एउटा सुरुङमा ६ वटा शव फेला परेको जनाएको छ । फेला परेका शव अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएकाहरूमध्येका हुन् ।

फेला परेका शवमध्ये पाँचजना इजरायली र एक अमेरिकी रहेका छन् । उनीहरूको अवशेष शनिबार ‘रफाह क्षेत्रको भूमिगत सुरुङबाट’ फेला परेको र उनीहरूको औपचारिक रूपमा पहिचान गरिएको इजरायली सेनाले जनाएको छ ।