नेप्से परिसूचकमा सामान्य वृद्धि

 संवाददाता    २०८१, ६ भाद्र बिहीबार १९:४१     46 जनाले पढ़िसके



Spread the love

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.०१ अंकले उकालो लागेर दुई हजार नौ सय ७४.४६ मा पुगेको छ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको सेयर मूल्य भने बढेको छ। ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ३.७५ अंकले उकालो लागेर पाँच सय ३३.८६ मा पुगेको छ।

कुल चार करोड नौ लाख ५१ हजार सात सय २० कित्ता सेयर रु. १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ मूल्यमा खरिद–बिक्री भएका छन्। नेप्सेका अनुसार तारागाउँ रिजेन्सी होटेल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, एसबिएल डिबेञ्चर १०, एनबिबिएल डिबेञ्चर ३.९५, बोटलर्स नेपाल बालाजु ३.९२, राष्ट्रिय बिमा कम्पनी ३.७३ र सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ताले ३..७३ प्रतिशतले गुमाएका छन् । रासस