सुनको मूल्य हालसम्मकै उच्च

 संवाददाता    २०८१, २ भाद्र आईतवार १४:४९     113 जनाले पढ़िसके



Spread the love

लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु. एक लाख ५२ हजार ६ सय पुगेको छ। गत शुक्रबार प्रतितोला रु. एक लाख ४९ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. तीन हजारले वृद्धि भएको हो ।

शुक्रबार चाँदी प्रतितोला रु. एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा रु. ५० ले वृद्धि भएको हो ।