भारतीय विदेशसचिवले गरे अर्थमन्त्रीसँग भेट

 संवाददाता    २०८१, २८ श्रावण सोमबार १३:५२     90 जनाले पढ़िसके



Spread the love

नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले आज पनि राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्।

यसक्रममा उनले केहीबेरअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन्।

अर्थ मन्त्रालयमा आज भएको भेटमा आर्थिक तथा विकास सहायता, चालु आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

हिजो बिहान काठमाडौं आइपुगेका मिश्रीले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।