युवा नेता बलिराम चौधरीको नेतृत्वमा बरमबाबा मन्दिर जाने बाटो खुल्यो साथै सरसफाइ पनि सम्पन्न

 स्थानीय     २०८१, ३१ जेष्ठ बिहीबार ०९:३८     102 जनाले पढ़िसके



Spread the love

बरहथवा न पा १५ मा आज सामाजिक काममा सधै अग्रसर हुने निकै क्रान्तिकारी युवा ब्यक्तित्व बलिराम चौधरीको नेतृत्वमा सबै समाजले अत्यधिक पुज्ने गरेको र आवश्यक पर्ने बरमबाबा मन्दिरको सरसफाइ तथा मन्दिर जाने बाटो खोल्ने काम सम्पन्न भएको छ।

चौधरीको नेतृत्वमा जनताको आवश्यकतालाई महसुस गर्दै यस काममा चौधरी लगायत वडा अध्यक्ष तथा यस पवित्र उद्देश्यमा सम्पुर्ण गाँउबासिले समेत साथ दिएको चौधरीले बताए । साथै उनले सम्पुर्ण सहयोगी व्यक्तित्वहरुलाई धन्यवाद पनि व्यक्त गरे। उनको अगुवाईमा बरथहवामा अन्य थुप्रै सामाजिक काम सम्पन्न भैसकेका छन।