कांग्रेस युवा नेता चन्दन ठाकुरद्दारा हिरापुर मा.वि.लाई पंखा वितरण

 सहयोग     २०८१, २२ जेष्ठ मंगलवार १२:०८     128 जनाले पढ़िसके



Spread the love

सर्लाही, नेपाली कांग्रेसका बरथहवा १४ का युवा नेता चन्दन ठाकुरले तराई क्षेत्रमा बढ्दै गरेको गर्मीका कारण प्रभावित विद्यालय र तिनिहरुको पढाइलाई मध्यनजर गर्दै अहिलेको गर्मीमापंखा सहयोग गरेका हुन। जनता माध्यमिक विद्यालय हीरापुर लौकठलाई उनले १० थान पंखा हस्तान्तरण गरेका हुन ।

ठाकुरले आज बिहान वडाध्यक्ष नवराज राई, विद्यालयका प्रधानाध्यापक ज्ञानकुमार महतो, व्यवस्थापन समितिका सदस्य सन्जिव हुमागाई लगायतको उपस्थितिमा पङ्खा हस्तान्तरण गरेका छन् ।

हिरापुर मा.वि.लाई १० थान पंखा सामाजिक सेवालाई आफ्नो कर्तव्य मान्दै सहयोग गरेको नेपाली कांग्रेस मधेस प्रदेश सुचना तथा संचार विभाग सचिव निकेश त्रिपाठीले बताए।

यस्तो किसिमको सहयोग ठाकुरले विगतमा पनि गरिरहेको पनि उनले बताए।