भ्रष्टाचारको मुद्दामा हरिवन -१० का वडा अध्यक्ष शम्भु मैनालीले पाए सफाइ

 एमाले     ३० फाल्गुन २०८०, बुधबार २०:५९     53 जनाले पढ़िसके



Spread the love

हरिवन वडा नं १० का ०७९ को निर्वाचनमा एमाले बाट निर्वाचित वडाअध्यक्ष शम्भु मैनालीले सफाई पाएका छन। उनलाई विशेष अदालतको फागुन २६ गतेको फैसलाले सफाइ दिएको हो। उनलाई विशेष अदालतका  अध्यक्ष न्यायाधीश श्री टेक नारायण कुँवर,सदस्य न्यायाधीश श्री तेज नारायण सिंह राई सदस्य, न्यायाधीश श्री रितेन्द्र थापाको इजलासले सफाई दिएको हो।

उनी निलम्बनमा परे सङ्गै उनको स्थानमा सदस्य अन्जना शिवाकोटीले कार्यवाहक वडाअध्यक्षको रुपमा काम गर्दै आइरहेकी थिइन।

विशेष अदालत बाट फैसला भएको विवरण

एक स्थानीयको जग्गाको घरबाटो सिफारिस दिंदा प्रचलनमा बाटो नभएको हुंदा उनले बाटो नभएको भनी सिफारिस गरेका थिए भने उक्त जग्गामा नक्सामा बाटो रहेको थियो सोही कुरामा बाटो नभएको सिफारिस दिंदा राजस्व छली भएको र उनले लाभ लिएको भनी अख्तियारमा उजुरी परेको थियो सो कुराको अनुसन्धान पश्चात्  अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनले सफाइ पाएसंगै बधाईको ओइरो लागेको छ।