नेपाली लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावे फिल्म फेस्टिभलका लागि छनोट

 संवाददाता    २५ मंसिर २०८०, सोमबार ०८:०९     112 जनाले पढ़िसके



Spread the love

काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा छनोट भएको छ ।

बालमनोविज्ञानमा आधारित यो लघु चलचित्र यसअघि बेलायतको लिफ्ट अफ फिल्म मेकर सेसन्समा छनोट भएको थियो ।

श्लोक साहले मुख्य भुमिका निर्वाह गरेको यस चलचित्रमा सुवासप्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्रप्रसाद पाण्डे, गिताश्री थापा, आयुषा गौतम, बिदुरप्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेमराज कोईराला, उद्धव दंगाल लगायत सेलीब्रेशन स्कूलका विद्यार्थीहरुको अभिनय छ ।

लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सन सँगै निर्माण गरेका छन् । काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् ।

ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र द स्कुल वालको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् ।

‘द स्कुल वाल’मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईंको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।