हरिवनका मृगौला रोगबाट पिडित अनिल चौधरीलाई सहयोगको अपिल

 स्थानीय     २०८०, १० मंसिर आईतवार ०८:११     123 जनाले पढ़िसके



Spread the love

सर्लाही, हरिवन नगरपालिका वडा नम्बर ७ निवासी अनिल चौधरीको दुबै मृगौला फेल भइ दयनीय अवस्था रहेकोमा बिभिन्न सहयोगीहरू संग चन्दा संकलन गरी अनिल चौधरी को परिवार लाई हस्तान्तरण गरिएको सहयोग अभियानका सदस्य साथै हरिवन वडा नं ७ का नेपाली कांग्रेसका वडा सभापती गुणराज उप्रेतीले बताए।

यस अभियानबाट कुल ४० हजार ४०५ रकम संकलन गरि संबंधित बिरामीलाई हस्तान्तरण गरिएको थियो। हस्तान्तरण समारोहमा नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्की, अन्य बिप्लब कार्की , अशोक थापा, दिनेेेश के.सी.,भरतकुमार कार्कीलगायत धेरै जनाको उपस्थिति रहेको उप्रेतीले बताए ।

उनले मृगौला रोग पिडित चौधरीको उपचारका लागि सहयोग गर्न देश तथा विदेशमा रहेका सम्पुर्णमा अपिल समेत गरेका छन। सहयोगका लागि सम्पर्क नं ९८४४२६९१८५ मा सम्पर्क गर्न उनले आग्रह गरेका छन।