सिसौटिया गाउँका दुई व्यक्ति दोहोरो संकल्प (कामर र डाँडी) सहित बम यात्रामा

 स्थानीय     ४ आश्विन २०८०, बिहीबार १५:३०     70 जनाले पढ़िसके



Spread the love

हिजो २०८०/०६/०३ गते बुधबार  सर्लाही जिल्लाको गोडैता नगरपालिका अन्तर्गत सिसौटिया गाउँका दुई व्यक्ति सहकर्मीसहित तीन डाँडी बम दोहोरो संकल्प (कामर र डाँडी) लिएर डन्ड दिंदै सिसौटियाबाट भारतको झारखंड वैद्यनाथ धाम (देवघर) तर्फ प्रस्थान गरेका छन्।

लगभग ४६० किलोमीटरको डंडी बमको यात्रा दुरी रहनेछ। लाठी बममा गोडैता न. पा.-११ सिसौटियाका रामदेव महतो,बिजेन्द्र मण्डल (राजु) र हरि श्याम राई
रहेका छन भने सहयोगी बममा गोडैता न. पा.-११ सिसौटियाका सुरेश मण्डल र राम अजोध साह रहेका छन।

यस्तो कार्यक्रम सिसौटिया बासीका लागि ऐतिहासिक क्षण र गर्वको कुरा रहेको गौतम मण्डलले जानकारी दिंदै बताए।