धनकौल -२ का मिटर ब्याजी रामआधार राय र नवल किशोर सिंह बचाउन बचाउन सर्लाही क्षेत्र नं -४ का प्रतिनिधि सभा सदस्य अमरेश सिंहले प्रशासनमा दबाब दिएको रहस्य खुलेको छ।
उनले जिल्ला प्रशासनका सिडियो र जिल्ला प्रहरीका एसपी लाई फोन गरेर यादव र सिंहमाथी कुनै किसिमको कारवाही अघि नबढाउन दबाब दिएको स्रोतले बतायो।
उनले बरहथवा इलाका प्रहरीका डिएसपीलाई पनि पटक पटक दबाब दिएको खुलेको छ। राम आधार राय र सिंह दुवै धनकौल २ का मिटरब्याजीको रुपमा सरकारले गठन गरेको आयोगमा उजुरी परेर जिल्ला प्रशासनले ताकेता गर्दा नआएपछी प्रशासनले ३ दिनको सुचना जारी गरेर खोजी गरेका व्यक्ति हुन।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको ३ दिने सुचना
राम आधार ले एक वृद्द महिलालाई उनको पतिको नाममा रहेको जग्गा दिने भन्दै कपाली तमसुक तयार गरि सहीछाप गरि किर्ते गरेर उल्टै वृद्ध महिलाको सम्पती हडप्ने उद्देश्यले सोही किर्ते कपाली तमसुकको आधारमा अदालतमा मुद्दा दायर गरि पीडा दिइरहेका छन।
हामीले यस अघि यस घटना को सम्पुर्ण विवरण धनकौल २ का मिटर ब्याजी रामआधार राय भनेर समाचार प्रकाशित गरेका थिंयौ। त्यस्तै नवलकिशोर सिंहले पनि स्थानीय रामचन्द्र महतोलाई किर्ते गरि कपाली तमसुक कागज गरि रामचन्द्र महतोको १० कट्ठा जग्गा आफ्नो नाममा नामसारी गराएर ठगी गरेका हुन।