स्कुलको गेट भत्किँदा एक बालकको मृत्यु, अर्का गम्भीर घाइते

 #दुर्घटना     १८ असार २०८०, सोमबार १८:५६     142 जनाले पढ़िसके



Spread the love

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका– ९ नयाँरोडस्थित ज्ञानज्योति बोर्डिङ स्कुलको कम्पाउण्ड वालको मूलगेटले थिच्दा एक विद्यार्थीको मृत्यु भएको छ भने अर्का एक विद्यार्थी घाइते भएका छन् ।

ज्ञानज्योतिको कम्पाउण्ड वालको मुलगेट भत्केर बागमती नगरपालिका– ४ जिरायतका आकाश वलका अन्दाजी ५ वर्षीय छोरा आयुष बलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

प्रहरीका अनुसार गेटले थिच्दा सोही स्कुलको कक्षा २ मा पढ्ने ७ वर्षीय आदित्य लो घाइते भएका छन् । उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारको लागि वीरगंज पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

सोमबार बिहान करिब सवा १० बजे विद्यालयभित्र प्रवेश गर्ने क्रममा कम्पाउण्ड वालको ढोका एक्कासि लड्दा दुई बालक थिचिएका थिए । मुल गेटको नट फुक्लिएर ढोका ढलेको विद्यालयले जनाएको छ ।

त्यसपछि आक्रोशित अभिभावक र स्थानीयले विद्यालयको प्राङ्गणमा रहेका गमलाहरु तथा केही डेस्क–बेन्च तोडफोड गरेका छन् । पीडित परिवार र आफन्तले विद्यालयको गेटमा टायर बालेर प्रदर्शन समेत गरेका छन् ।