फरार रहेका टोपबहादुर रायमाझी पक्राउ

 #अपराध एमाले     २०८०, ३१ बैशाख आईतवार २१:०१     123 जनाले पढ़िसके



Spread the love

पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

नेकपा (एमाले) सचिव समेत रहेका रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ गरेको हो।

उनी काठमाडौं बूढानीलकण्ठबाट पक्राउ परेकाे काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका मानव तस्करी गर्ने गिरोहमा सामेल भएको आरोपमा काठमाडौं जिल्ला अदालतले वैशाख २० गते रायमाझी, उनका छोरा सन्दीप र प्रतीक थापालाई पक्राउ गर्ने अनुमति दिएको थियो।

यही प्रकरणमा प्रक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई लगायतलाई हिरासतमा राख्ने अन्तिम पटक चार दिन म्याद थप गरिएको छ।