नश्लवादी विचार र जातिय आन्दोलन मच्चाएर राजनितीमा आएको पार्टी जसपासँग गठबन्धन गरेको भन्दै एमाले केन्द्रीय सदस्य न्यौपानेले नैतिकताको आधारमा भन्दै दिए राजीनामा

 संवाददाता    २०७९, २९ आश्विन शनिबार १८:५७     312 जनाले पढ़िसके



Spread the love

जनता समाजवादी पार्टीसँग चुनावी गठबन्धन गरेको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले एमाले छोडेको घोषणा गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै न्यौपानेले जसपासँग पार्टीले गठबन्धन गरेको प्रति घोर आपत्ति जनाउदै राजीनामा दिएका हुन् । देश र जनताको पक्षमा नभई विदेशीको इशारामा जसपासँग गठबन्धन गरेको उनको आरोप छ । उनले विज्ञप्तिमा भनेका छन्– ‘हिजो उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भडकाई नश्लवादको नारा लगाएर नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी (जसपा) सँग एउटा राष्ट्रवादी पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको कहिले पनि हित नचाहने र भारतको इशारामा नेपालमा आफ्नो गतिविधि गर्ने एउटा साम्प्रदायिक पार्टी जसपासँग जनताको माग विपरीत पार्टी कार्यकर्ताको मागलाई वेवास्ता गर्दै जुन तरिकाले गठबन्धन गरेको छ त्यो देश र जनताको पक्षमा नभई विदेशीको स्वार्थमा गरिएको हुनाले म आजको दिनबाट नेकपा एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’ उनले चुरे भावर आन्दोलनका सहिद र घाइतेप्रति उच्च सम्मान गर्दै आजकै दिनबाट स्वतन्त्र भई देश र जनताको हितमा रही काम गर्ने उल्लेख गरेका छन् । यो सब हेरेर टुलु टुलु बस्न नसक्ने, शहिदको रगतले आफुलाई पोल्ने भन्दै आफुले राजिनामा दिएको उनले महेन्द्रमाला खबरलाई बताए। उनले आफ्नो अध्यक्षताको चुरेभावर एकता पार्टी अघिल्लो ०७४ को निर्वाचन भन्दा केही अघि नेकपा एमालेमा विलय गरेका थिए ।त्यस पस्चात नेकपा एमालेमा केन्द्रीय सदस्री भएका उनी हालैको महाधिवेशन पश्चात् पनि मनोनित केन्द्रीय सदस्य थिए।