सर्लाहीमा करेन्ट लागेर वाईवाकाे ज्यान गयाे,स्थानियद्वारा पुर्व पश्चिम लाेकमार्गमा टायर वालेर प्रदर्शन

 संवाददाता    २०७९, २२ भाद्र बुधबार १६:४९     199 जनाले पढ़िसके



Spread the love

सर्लाहीको बागमती नगरपालिका ११ स्थित पुर्व पश्चिम लाेकमार्ग अन्तरगत बागमती पुलमा स्थानियले टायर वालेर प्रदर्शन गरेका छन् ।
बागमती नगरपालिका ११ स्थित बागमतीमा करेन्टर लागेर एक जनाएको ज्यान गएपछि विद्युत प्राधिकरणकाे लापरबाहीले आफ्ना मानिसकाे ज्यान गएकाे भन्दै स्थानियले क्षतिपूर्तिकाे माग गरेका छन् भने विद्युत प्राधिकरणकाे लापरबाही अन्त्य हुनु पर्ने माग राख्दै दिउँसो करिब साँढे ३ बजेबाट लाेकमार्ग अवरुद्ध गरेका हुन ।
बागमती नगरपालिका ११ का स्थानिय अन्दाजी वर्ष ३० का प्रकाश वाईवाकाे करेन्ट लागेर ज्यान गएकाे थियाे ।
सडक अवरुद्ध भएको स्थानमा ठुलाे मात्रामा सुरक्षाकर्मी तैनाथ भएका छन् भने स्थानीयले टायर वालेर सडक अवरुद्घ गरि रहेका छन् ।