काठमाडौं । काठमाडाैं महानगरपालिकाले नगर प्रहरी प्रमुख परिवर्तन गरेको छ । मेयर बालेन्द्र शाह(बालेन)ले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन् ।
काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ ।नगरप्रहरी प्रमुख पाण्डेले आफूलाई दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पालना गर्ने बताए । ‘म यसअघि पनि नगर प्रहरीकै काम गरिरहेको हो । थोरै जिम्मेवारी हेरफेर भएको हो । दिइएको जिम्मेवारी इमान्दारिता साथ पुरा गर्छु,’ उनले भने । यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई भने प्रशासनतर्फ खटाइएको बताइएको छ ।