काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको छ।
कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।
एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन्। ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।
प्रकाशित नतिजाअनुसार ९६३३ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१६२७ रहेको बाेर्डले जनाएकाे छ । २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थी ६९९०० रहेकाे छ भने २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९०७५८ रहेको छ ।
११२७३३ विद्यार्थीले २.० देखि २.४ जीपीए ल्यउँदा १००५९४ विद्यार्थीले १.६ देखि २.० जीपीए ल्याएका छन् । त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४५८६ रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउने विद्यार्थी ३२८० जना छन् ।
बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)ले एसईईको नतिजा सार्वजनिक गरेको हाे । परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।