नेकपा समाजवादी जिल्ला कमिटि दाङ्गले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई गर्यो स्वागत तथा सम्मान

 #नेकपा एकीकृत समाजवादी     २०७९, १७ असार शुक्रबार १६:४२     170 जनाले पढ़िसके



Spread the love

नेकपा समाजवादी पार्टी जिल्ला कमिटी दाङ्गले आज एक कार्यक्रमको आयोजना गर्दै नवनियुक्त शहरी विकास मन्त्री मेटमणी चौधरीलाई स्वागत तथा सम्मान गरेको छ। जिल्ल पार्टी कार्यालयमा भएको एक कार्यक्रमका विच उनलाई स्वागत तथा सम्मान गरिएको हो। मन्त्री नियुक्त भएपछी पहिलोपटक जिल्ला आएका चौधरीलाई निर्वाचन क्षेत्रका जनताले पनि भव्य सम्मान र स्वागत गरेको बताइएको छ। हिजो सांझ दाङ पुगेका मन्त्री चौधरीलाई भेट्न सांझ सम्म जनताहरु तथा स्थानीय नेता तथा कार्यकर्ताको भिड लागेको थियो। उनी नेकपा समाजवादी लुम्बिनी प्रदेश कमिटि अध्यक्ष समेत हुन। उनी पार्टी भित्र स्पष्टवक्ता नेताको रुपमा चिनिन्छन।