एक महिलाद्दारा छोरीसहित बागमती स्थित भरत तालमा हाम फालेर आत्महत्या

 संवाददाता    २०७९, २५ बैशाख आईतवार १५:३४     153 जनाले पढ़िसके



Spread the love

सर्लाही — सर्लाहीको वाग्मती नगरपालिकास्थित मानवनिर्मित भरत तालमा नाबालिग छोरीसहित हाम फालेर एक महिलाले आत्महत्या गरेकी छिन् । रौतहटको चन्द्रपुर नगरपालिका-४ का भोला साहकी श्रीमती २६ वर्षीया रेखा साहले आफ्नी ३ वर्षीया छोरी आराध्यासहित वाग्मती नगरपालिकामा निर्मित माछापोखरीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार बिहान साढे ९ बजेतिर उनले हाम फालेको बताइएको छ । दुवै जनाको शव मोटरबोट चालकहरूको सहयोगमा निकालिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पोखरीको डिलबाट मृतक महिलाको मोबाइल सेट र सलसमेत फेला पारेको छ । पारिवारिक कलहका कारण उनी घरबाट निस्केको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।