सर्लाहीमा नेपाली कांग्रेसले ११ वटा नगरपालिकामा मेयरको उम्मेदवार टुंग्याएको छ ।
कांग्रेसको मधेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले सर्लाहीका ११ वटै नगरपालिकाका मेयरको उम्मेदवारको निर्णय गरेको हो । कांग्रेसबाट लालबन्दी नगरपालिकाको मेयरमा बासुदेव अधिकारी र उपमेयरमा कल्पना पाख्रिन, ईश्वरपुर नगरपालिकाको मेयरमा मनोज कुमार आचार्य र उपमेयरमा रन्जिता चौधरी, हरिवन नगरपालिकाको मेयरमा रामप्रसाद मैनाली र उपमेयरमा सोनीकुमारी बोम्जनलाई उम्मेदवार बनाइएको जनाएको छ ।
त्यस्तै, बागमती नगरपालिकाको मेयरमा जवाहार कुशवाहा र उपमेयरमा पदमा कोइराला, बरहथवा नगरपालिकाको मेयरमा विगु चौधरी र उपमेयरमा गंगा दाहाल, हरिपुर नगरपालिकाको मेयरमा गोपाल पंजियार र उपमेयरमा निलमदेवी यादव, हरिपूर्वा नगरपालिकाको मेयरमा विनोद कुमार साह र उपमेयरमा सुमित्रा देवी, कविलासी नगरपालिकाको मेयरमा ब्रहमदेव राय र उपमेयरमा पुनम कर्णलाई उम्मेदवार बनाइएको जनाएको छ।
त्यस्तै गोडैता नगरपालिकाको मेयरमा हालका प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा, बलरा नगरपालिकाको मेयरमा कौशल सिंह र मलंगवा नगरपालिकाको मेयरमा पूर्व मेयर नागेन्द्र यादवलाई उम्मेदवार बनाइएको छ । गोडैता, बलरा र मलंगवामा उपमेयरको निर्णय गर्न बाँकी छ ।
यस्तै, कांग्रेसले जिल्लाका ९ वटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्षहरुको उम्मेदवार टुंग्याउन बाँकी छ । त्यसका लागि आजै सदरमुकाम मलंगवामा जिल्ला कार्य समितिको बैठक बस्न लागेको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।