प्रदेश सांसद उप्रेतीले दिए ट्रष्टको नाममा हालसम्म पाएको तलब सुविधा

 #नेकपा एकीकृत समाजवादी     २०७९, ८ बैशाख बिहीबार १३:४१     486 जनाले पढ़िसके



Spread the love

सर्लाही । नेकपा एकिकृत समाजवादीका नेता एवम् मधेश प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले ट्रष्टको नाममा २० लाख रुपैया प्रदान गरेका छन् ।

आफू जनप्रतिनिधि भएयता अहिले सम्म राज्यबाट प्राप्त सुविधा वापतको सम्पूर्ण रकम ट्रष्टमा जम्मा गरी शैक्षिक क्षेत्रको सुधार तथा दिन दुस्खीको सेवामा खर्च गर्ने घोषणाा गर्दै नेता उप्रेतीले २० लाख रुपैयाँको चेक सो पार्टीका नगर अध्यक्ष चुडामणि वाग्लेलाई हस्तान्तरण गरेका हुन ।

उनले आफू जनप्रतिनिधि भएयता राज्यबाट पाएको सेवासुविधा वापतको सम्पूर्ण रकम ट्रष्टमा जम्मा गर्ने घोषणा गगरेका छन् । नगर अध्यक्ष वाग्लेले भने सोही अनुरुप आज २० लाख रुपैयाँको चेक दिनु भयो, अझै १२र१३ लाख रुपैयाँ दिन्छु भन्नु भएको छ।

नेता उप्रेतीले प्रदान गरेको रकम तत्काल ट्रष्ट स्थापना गरी जम्मा गरिने नगर अध्यक्ष वाग्लेले बताए । नेता उप्रेती २०४९ सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो पटक तत्कालीन हरिवन गाविस उपाध्यक्ष र २०५४ सालमा गाविस अध्यक्ष भएका थिए।

२०७४ सालको निर्वाचनमा एमालेबाट सर्लाही क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सांसदमा विजयी भएका नेता उप्रेती केपी ओलीको कदमबाट रुष्ट भई मावध नेपाल पक्षमा लागेका हुन्। यसैबीच, एकीकृत समाजवादीले हरिवन नगरपालिकाको मेयरमा नेता उप्रेती र जिल्ला अध्यक्ष सुरेन्द्र लामाको नाम सिफारिस गरेको छ ।

स्थानीय घोषणा पत्र तथा उमेदवारी घोषणा सभाको आयोयोजना गर्दै मेयरमा दुई जना र उपमेयरमा नगर अध्यक्ष वाग्ले, नेता भरत कुमार कार्की, उत्तर कुमार मैनालीसहित १२ जनाको नाम सिफारिस गरेको छ ।