सर्लाही। ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा आज तीर्थयात्रु चढेको बस दुर्घटना भएको छ।
दुर्घटनामा चालकसहित २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार ३४ जनामध्ये नौ जना सकुशल रहेका र एक जनाको अवस्था गम्भीर घाइते भएका छन्।
धार्मिक तीर्थस्थल प्यूठानको स्वर्गद्वारी पुगेर फर्किंदै गरेको प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस फूलजोर चोक नजिकै अनियन्त्रित भई पल्टिँदा २५ जना घाइते भएका र त्यसमध्ये २४ जना सामान्य घाइते भएका छन्।