सर्लाहीको हरिवन नगरपालिकाले एक महिला कर्मचारीलाई पूर्बाग्रह राखेर कामबाट हटाएको भन्दै आज स्थानीय महिलाहरुले नगर प्रमुख गणेश प्रसाईलाई ज्ञापन पत्र बुझाएका छन । ३ नम्बर वडा कार्यालयको कार्यालय सहयोगी भिम कुमारी तमाङलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै ज्ञापन पत्र दिईएको हो ।
भिम कुमारी तमाङ पुनर्बहाली संघर्ष समिति कि संयोजक गिता घिसिङले हस्ताक्षर गरेको पत्रमा चैत १५ गते भित्र पुनर्बहाली नगरे कडा आन्दोलन गर्ने चेतावनी दिईएको छ ।
ज्ञापनपत्र बुझाउन महिला नेताहरु बुक कुमारी थापा, पद्मा मोक्तान, लिलि घिसिङ सहित २५ जना भन्दा बढी अगुवा महिला नगरपालिका गएको संयोजक घिसिङले जानकारी दिइन ।
चैत्र १५ भित्र पुनर्बहाली नगरे हरिवनका सबै पार्टी एबं सबै पक्षका हजारौ महिला भेला भएर नगरपालिका घेराउ गर्ने कार्यक्रम रहेको संयोजक घिसिङले दाबी गरिन ।
