वस्ती र सडक विस्तारका कारण पानीको सतह तल झरेको छ : लालबन्दी नगर प्रमुख खड्का

 संवाददाता    २०७८, ८ चैत्र मंगलवार २१:५१     126 जनाले पढ़िसके



Spread the love

एस.पी.गौरब,सर्लाही
जमिन मुनीको पानी शुद्ध हुने र सबै नागरिकले जमिन मुनीको पानी खानुपर्ने लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताए । उनले नेपाल सरकारले सन् २०३० सम्ममा सबै नागरिकहरुलाई जमिन मुनीको पानी खुवाउने लक्ष्य राखेको र सो लक्ष्य पुरा गर्ने विषयमा पनि नगरपालिका लागि परेको बताए ।
जमिन मुनीको पानी अदुश्यलाई दुश्य बनाउन भन्ने मुल नाराका साथ मनाइएको विश्व पानी दिवशको अवसरमा नगर प्रमुख खड्काले यस्तो बताएका हुन ।
नेपाल नगरपालिका संघको आयोजनामा लालबन्दी नगरपालिकाको सभा हलमा भएको विश्व पानी दिवश कार्यक्रममा नगर प्रमुख खड्काले पहिलाको तुलनामा पानी निकै भासिएको बताउँदै पानीलाई सञ्चीत गर्न नसकेका कारण पानीको तह तल झरेको जसका कारण हिजोको तुलना पानी अहिले निकै तल पुगेको बताए ।
मानव वस्तीको विस्तार र सडक निर्माणको क्रम तिब्रगतीमा बढेका कारण पनि पानीको लेभल तर झरेको र पानीलाई पोखरी बनाएर जोगाउन सक्नु पर्ने नगर प्रमुख खड्काले बताए । कार्यक्रममा नगरपालिकाका कर्माचारीहरु जनप्रतिनिधिहरुको विशेष उपस्थिती थियो । फोटो : फाइल(लालबन्दी नगरपालिका)