एकीकृत समाजवादी सर्लाहीद्दारा चुनावी गठबन्धनका लागि वार्ता कमिटी गठन

 #नेकपा एकीकृत समाजवादी     २०७८, ६ चैत्र आईतवार २०:०९     206 जनाले पढ़िसके



Spread the love

नेकपा एकीकृत समाजबादी सर्लाही जिल्ला कमिटीले आसन्न स्थानीय तहको निर्बाचनमा गठबन्धन गर्ने बिषयमा आधिकारिक कुरा गर्न बार्ता कमिटी गठन गरेको छ । आज हरिपुरमा भएको बिस्तारित पदाधिकारी बैठकले बार्ता कमिटी बनाएको हो । जिल्ला अध्यक्ष सुरेन्द्र लामा संयोजक रहेको बार्ता कमिटीमा देबेन्द्र राय, अन्जु पौडेल र गोबिन्द अधिकारी सदस्य रहेको जिल्ला प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिए ।
स्थायी कमिटी सदस्य रामचन्द्र झाले बैठकमा निर्बाचन केन्द्रित भएर काममा लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए। उनले के. पि. ओली कम्युनिस्ट आदर्शबाट नै बाहिर गएकाले नेकपा एमालेको अलमलमा नपर्न आव्हान गरे ।
प्रचार प्रमुख वाग्लेका अनुसार बैठकले चैत १५ गते भित्र संगठन निर्माणको काम सक्ने, पार्टी सँग वार्ता भए पनि आबश्यक परे एक्लै उम्मेदवार दिएर जित्ने गरी निर्बाचनमा जुट्ने, पार्टी प्रचार बिभागलाई पूर्णता दिने, चुनाबसम्म पूर्ण समय पार्टीलाई प्रदान गर्ने लगायतका निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको बैठकमा पार्टी नेताहरु लक्ष्मण पौडेल , रबिन्द्र बैठा, डिल्ली उप्रेती, बेची लुङेली, जमरुद्दिन मन्सुर, हरि सहनी, आरती लामा, गोबिन्द अधिकारी लगायतले मन्तब्य राखेका थिए।