सर्लाही, हरिवन । सर्लाही स्थित हरिवन नगरपालिकामा चुनाबी सरगर्मी बढेको छ।बिगत देखि हरिवन एमाले कै बिरासत भै राख्दा अहिले पनि बिरासत कायम गर्नुपर्नेमा आम कार्यकर्ताको जोड छ । हाल हरिवनको मेयर गणेश प्रसाईं नै छन। उनी मेयरमा पनि दोहोरिने मनसाय मै छन । युवा व्यक्ती र सबै संग छिट्टै घुलमिल गर्ने खुबी उनमा देखिन्छ । अर्का उमेदवारका दाबेदार हुन बिदुर प्याकुरेल ,पार्टीमा पुराना र हाल जिल्ला उपाध्यक्ष रहेका प्याकुरेल महाभारत कै बिदुरनीति अवलम्बनमा अगाडि देखिन्छ्न। त्यस्तै अर्का उम्मेदवारका दाबेदार हुन राजकुमार उप्रेती। उनी हरिवन गाबिस का पुर्व उपाध्यक्ष समेत हुन। आफ्ना भाइ स्व:नारायण उप्रेती जसले हरिवनलाई एमालेमय बनाउन मुख्य भुमिका खेलेको र आफू पनि सदैव किसान आन्दोलनमा होमिदै सर्वहाराको पक्षमा काम गरेकोले मेयर हुन आफू अब्बल रहेको उनी बताउँछन।