सर्लाहीको वागमती नगरपालिकामा नेकपा एकीकृत समाजवादीको नगर कमिटी गठन अध्यक्षमा जय गोले चयन

 #नेकपा एकीकृत समाजवादी     २०७८, ७ फाल्गुन शनिबार १७:५०     148 जनाले पढ़िसके



Spread the love

सर्लाहीको वागमती नगरपालिकामा नेकपा एकीकृत समाजवादीको अध्यक्षमा जय गोले चयन भएका छन। आज कर्मैयामा भएको नगर भेलाले गोलेको अध्यक्षतामा ६१ सदस्यीय नगर कमिटी चयन गरेको जिल्ला प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिए । कमिटीको उपाध्यक्षमा कमला पोखरेल एवं रामप्रसाद महतो, सचिव राजकुमार विश्वकर्मा र सहसचिव राजकुमार खड्का एवं रमेश खपांगी रहेका छन । पार्टीका पोलिटव्युरो सदस्य लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टी नेताहरु अन्जु पौडेल, वसन्तराज भट्टराई, पुष्प राजभण्डारी लगायतले मन्तव्य राखेका थिए । एकीकृत समाजवादीले सर्लाहीका विभिन्न पालिकामा आफ्ना कमिटीहरु विस्तार गर्ने क्रममा आज वागमतीमा भेला गरिएको जनाएको छ ।