पछिल्लो २४ घण्टामा थपिए ४३७ जना संक्रमित, २ जनाको निधन

 #कोरोना     २०७८, ६ फाल्गुन शुक्रबार १७:११     177 जनाले पढ़िसके



Spread the love

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कूल ९ हजार ९१ जनाको नमूना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

आज २ हजार ४५४ जना डिस्चार्ज हुँदा यो अवधिमा २ जनाको निधन भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ रहेको मन्त्रालयले जनाएको छ ।