नेकपा एमाले सर्लाहीमा चरम विवाद

 #एमाले महाधिवेशन     २०७८, १ फाल्गुन आईतवार १२:१८     655 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेमा चरम विवाद देखिएको छ।नेकपा एमाले सर्लाही जिल्ला नेतृत्वले जिल्ला अधिबेशनको प्रतिनिधि छनोट संगठित सदस्यको भेला नराखी गरेको। संगठित सदस्य थप र छुट नियतबस वा भुलबस गरिएको सो कुरा स्पष्ट हुनुपर्ने लगायत विभिन्न कुराहरुका सम्बन्धमा आज मधेस प्रदेश कमिटी अध्यक्षलाई कमिटिका उपाध्यक्ष रेवती पन्त मार्फत नेकपा एमाले हरिवन नगरकमिटी सचिव प्रज्वल ढुंगानाको नेतृत्वमा पार्टीका युवानेता हरु देबराज चौलागाईं ,बिनय राई,बिजय पुलामी,दिपक दाहाल,कृष्ण फुयाल लगायतको उपस्थितिमा पार्टीमा अहोरात्र खट्ने कार्यकर्ता र नेता कै संगठित सदस्यता छुटेकोमा नेतृत्वको ध्यान जाओस भन्दै ध्यानाकर्षण पत्र बुझाएको जानकारी एक सदस्यले महेन्द्रमाला खबरलाई बताए। ध्यानाकर्षण पत्रमा १९०० संगठित सद्स्य थप हुंदा पार्टिमा वर्षौंदेखी सक्रिय सदस्यहरु छुट भएको विषयको बारेमा पार्टीले नियतवश वा भुलवश छुटाएको सो स्पष्ट पार्न आग्रह गरेको छ। साथै अघिल्लो जिल्ला अधिवेशनहरुमा पुरुष १० सदस्य बराबर १ प्रतिनिधि र ५ सदस्य महिला बराबर १ प्रतिनिधि राखिंदै आएकोमा यस पल्ट १५ बराबर १ प्रतिनिधिको कुरा राख्ने सुनेको अझ अन्तर पार्टी निर्देशनमा २५ सदस्य बराबर १ प्रतिनिधि राख्ने कुराले पार्टीमा अहोरात्र खटिने सदस्यहरु अधिवेशन बाट बन्चित भई पार्टी कमजोर हुने कुरामा पनि ध्यानाकर्षण गराइएको छ।१९०० को संख्यामा सदस्य थप हुँदा पनि पार्टीमा वर्षौंदेखि सक्रिय सदस्यहरु छुट्न गएको कुराले कसैलाई काखा र कसैलाई पाखा त गरेको छैन सो सम्बन्धमा पनि पार्टीले स्पष्ट पार्नुपर्ने उल्लेख गरिएको छ। हेर्नुहोस ध्यानाकर्षण पत्र