सर्लाहीको धरहरामा करेन्ट लागेर एक मजदुरको मृत्यु, अर्का एक घाइते

 #दुर्घटना     २०७८, २९ माघ शनिबार १३:४९     131 जनाले पढ़िसके



Spread the love

सर्लाहीको बागमतीमा करेन्ट लागेर घर निर्माणको काम गर्ने एक मजदुरको ज्यान गएको छ भने अर्का एक जना घाईतेघाइते भएका छन् ।

बागमती नगरपालिका–२, धरहरामा शनिवार करेन्ट लागेर बागमती नगरपालिका–८, शंंकरपुर निवासी अन्दाजी २५ वर्षका रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। महतोलाई बचाउने क्रममा सोही स्थानका २१ बर्षीय दीपककुमार महतो समेत सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बागमती–२ धरहरा निवासी कुमार परियारको घरको छत ढलानका लागि डण्डी मिलाउने क्रममा सडकमा रहेको बिजुलीको पोलबाट उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल अस्पताल लैजाने क्रममा महतोको बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।