गोकर्णेश्वर ९ शंखडोलबाट २७ वर्षे युवक शिशिर भण्डारी सम्पर्क विहिन खोजिका लागि परिवारको आग्रह

 संवाददाता    २०७८, २१ माघ शुक्रबार ०७:५८     322 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका एक युवक सम्पर्कविहीन भएका छन् । नगरपालिका ९ शंखडोलबाट २७ वर्षीय शिशिर भण्डारी सम्पर्कविहीन भएका हुन् ।

उनको परिवारले दिएको जानकारीअनुसार शिशिर बिहीबार बिहान ७ बजेदेखि सम्पर्कमा छैनन् । घरसँगै रहेको पसलको सिसिटिभीमा उनी हरियो डाउन ज्याकेट र निलो ट्राउजर लगाएर हिँडिरहेको देखिन्छ । त्यसपछिबाट उनी सम्पर्कमा छैनन् । आफन्त, नातागोता, साथीभाइ तथा सम्भव भएका सबै क्षेत्रमा खोजी गर्दा पनि शिशिर नभेटिएको परिवारले जनाएको छ ।

उनले प्रयोग गर्ने ९८५१३२०९०४ नम्बरको मोबाइल पनि बन्द छ । उनको परिवारले बिहीबार नै महानगरीय प्रहरी वृत्त बौद्धमा लिखित निवेदन दिएको छ । सम्पर्कविहीन शिशिर भण्डारीलाई कसैले देखे नजिकको प्रहरी वा ९८०११२०८३१, ९८५१३१७३३८, ९८४९०५१५३८ र ९८४१४८२०२७ मा जानकारी गराइदिन परिवारले आग्रह गरेको छ ।