नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु सर्लाहिको जिल्ला कमिटीको पहिलो बैठक आज हरिवनमा सम्पन्न भएको छ। वैठकको अध्यक्षता अनेरास्ववियु जिल्ला अध्यक्ष प्रज्वल ढुंगाना ले गरेका थिए भने प्रमुख अतिथी अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह-इन्चार्ज उज्वल कार्की रहेका थिए तथा अतिथिहरु अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश अध्यक्ष क.अन्जना सिवाकोटी ,अनेरास्ववियु सचिवालय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज सरोजबाबु न्यौपाने,अनेरास्ववियु सचिवालय सदस्य श्रीकृष्ण उप्रेती ,अनेरास्ववियु केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज शमिम खान,शिवहरी गौतम को उपस्थिति रहेको थियो।वैठकको संचालन अनेरास्ववियु जिल्ला सचीव आशिषबाबू दाहालले गरेका थिए।कार्यक्रमले युवाहरुलाई व्यक्तित्व बिकास तथा मौरिपालन तालिम दिएर स्वरोजगार बन्न सघाउने तथा सम्पुर्ण विद्यार्थी पदाधिकारीहरु शिक्षण संस्थाहरुमा अनिवार्य भर्ना भएको हुनुपर्ने निर्णय गरेको अनेरास्ववियु जिल्ला सहसचिव रोशन दाहालले जानकारी दिए। हेर्नुहोस निर्णय
१)अन्यत्र बाट आई डेरा लिइ पढ्न आउने विद्दार्थीलाई खोप,खाद्धान्न लगायतको समस्यालाई समाधान गर्न क्याम्पस कमिटिलाई परिचालन गर्ने र डेरा लिइ बस्ने विद्यार्थीको विवरण संकलन गर्ने ।
२)युवा विद्यार्थीलाई उत्पादनमा जोडाउन मौरी पालन कार्यमा युवालाई परिचालन गर्ने र तालिम प्राप्त युवालाई स्थानीय सरकार संग समन्वय गरी स्वरोजगार वनाउन पहल गर्ने ।
संयोजन गरिदिन अनेरास्ववियु हरिवन नगर कमिटिका अध्यक्ष तथा मौरी पालक किसान शुसिल मैनालीलाई संयोजनको जिम्मेवारी प्रदान गर्ने ।
३)जिल्ला कमिटि सदस्य एवम तल्लो कमिटिका अध्यक्ष,उपाध्यक्ष,सचिव लगायतको उपस्थितिमा व्यक्तित्व विकास तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने ।।।