बढी शुल्क असुलीको विरोधमा संयुक्त विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेजमा लगाए ताला

 संवाददाता    २०७८, ९ माघ आईतवार १५:५९     179 जनाले पढ़िसके



Spread the love

काठमाडौं। चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन् ।

संयुक्त विद्यार्थी संगठनले आइतबार विज्ञ्ति जारी गर्दै केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै तालालबन्दी गरेको जनाएको छ ।संयुक्त विद्यार्थीका तर्फबाट नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले भने, ‘एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीहरुलाई भर्नामा अभिरिक्त शुल्क मागेको र अभिभावकलाई केएमसी कलेज प्रशासनले धम्की दिएको छ। अनि छात्राबासलाई निवार्य बनाई नियमविपरीत चर्को मूल्‍य लिन खोज्‍नु विद्यार्थी र अभिभावकलाई लुट्‍ने प्रयास हो।’उनले विद्यार्थीहरुको जाजय मागको सम्बोधन नभए आन्दोलनले नै सबै विषयको छिनोफानो हुनेसमेत चेतावनी दिए ।यस्तै सबै मेडिकल कजेलहरुको पठनपाठन सहज नबनेसम्‍म काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजको भर्ना प्रक्रिया र पठनपाठन स्थगन गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेको छ ।